निकुञ्ज र फस्टाउँदो आन्तरिक पर्यटन

निनाम ‘मंगले’ कुलुङ

मान्छेहरूले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीहरूका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीका लागि आर्थिक आधार स्तम्भको रूपमा रहेको छ । किनभने अधिकांश निकुञ्जहरू गाउँघरका आसपासमा छन् ।

हालै विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो, अनलाइन न्युज पोर्टल आदिमा आएको समाचारअनुसार यस वर्षको बडादसैँमा ‘चितवन राष्ट्रिय निकुञ्ज’ मा आन्तरिक पर्यटकहरू मारामार आएका थिए । समाचारमा जनाइएअनुसार चितवनको सौराहा र कसरा तथा त्यस वरिपरिका होटल, लज, मचान तथा होमस्टेहरू आन्तरिक पर्यटकहरूले खचाखच भरिएका थिए । खासगरी सो क्षेत्रका होटल, लज, मचान तथा होमस्टेहरू सञ्चालकहरूले समेत अपेक्षा नगरेको संख्यामा त्यसरी ठूलो भिडको रूपमा आन्तरिक पर्यटकहरू सो क्षेत्रमा भ्रमण गर्न जानुमा एक त नेपालीहरू महान चाड ‘बडा दसैँ’ परेकोले हुन सक्छ । अर्काे महत्वपूर्ण कुरो भनेको कोभिड–१९ का कारण लगभग ६ महिनादेखि लकडाउन र निषेधाज्ञामा निस्सासिएर बस्न वाध्य भएका काठमाडांैलगायत सहर बजारका मध्यम आय भएका परिवार र पछिल्लो पुस्ताका युवाहरू जो विगतदेखि नै घुमफिरमा रुची राख्छन्, उनीहरूले यो वर्ष नेपालको अन्य पर्यटकीय क्षेत्रलाई सुरिक्षत नठानेर चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, पोखरा, पुनहिल आदिलाई आप्mनो गन्तव्य बनाएकोले गर्दा पनि आन्तरिक पर्यटकहरूको अलि बढी भिडभाड देखिएको हुन सक्छ । त्यसमा पनि चितवन राष्ट्रिय निकुञ्ज भगौलिक दुरी, यातायातको सुगमता, खर्चबर्च आदिका कारणले पनि यस पटकको बडादसैँमा अन्यत्रभन्दा अलि बढी नै नेपाली आन्तरिक पर्यटकहरूको भिडभाड भएको हो ।

हुन त विश्वमा समयको गतिसँगै विभिन्न सेवामूलक क्षेत्रमा विविधीकरणले व्यापक रूप लिएको छ । त्यस्तै नेपालमा पनि हाल आएर पर्यटन क्षेत्रमा विविधीकरण भएको मान्न सकिन्छ । यसले हाल व्यापक रूपसमेत लिएको छ । पर्यटनमा विविधीकरणको प्रसंगमा भन्ने हो भने, मरुभूमिको देश युनाइटेड अरब इमिरेटस् (युएई) जस्तो देशमा कृत्रिम हिउँको ढिस्को निर्माण गरेर स्की पर्यटनलाई व्यापक रूपमा फैलाइएको छ÷प्रचारप्रसार गरिएको छ । खासगरी यो काम युनाइटेड अरब इमिरेटस् (युएई) को पनि दुबई स्टेट (राज्य) ले गरेको छ । यसरी हेर्दा मरुभूमिको देशमा कृतिम हिउँको ढिस्को निर्माण गरेर स्की निर्माण गरिएको छ । कृतिम हिउँको ढिस्को नै सही त्यहाँ स्की गर्न÷खेल्न युरोपीय देशहरूबाट समेत भिड लाग्ने गरेको देखिन्छ । यसरी मरुभूमिको देशमा समेत स्की पर्यटनले गति लिएको देख्दा हामीले (कम्तीमा यो पंक्तिकारले) ईष्र्या गर्न नै त भनी नहालौँ तर हाम्रोजस्तो भूपरिवेष्ठित देश नेपालमा पनि युएईमा जस्तै कृतिम समुन्द्र बनाएर नांगा–भुतुंगा पर्यटकहरूको भिड लगाउन पाए कस्तो हँुदो हो ? तर, नेपालमा हालसम्म त्यस्तो संभावनाका बारेमा कसैले अध्ययन–अनुसन्धान गरेको देखिएको÷सुनेको छैन ।

जे होस्, नेपाल पनि पर्यटनका लागि अनेकौँ संभावना भएका विश्वका केही देशहरू मध्येमा पर्छ । चाहे त्यो भौगोलिक हिसावले होस्, चाहे त्यो जातीय विविधताको हिसाबले होस्, चाहे त्यो भाषिक विविधताको हिसाबले नै किन नहोस । चाहे त्यो सांस्कृतिक विविधिताको हिसाबले नै किन नहोस्, चाहे त्यो जैविक विविधताको हिसाबले नै किन नहोस । अथवा भोगौलिक विविधताकै हिसाबले किन नहोस । विश्वका एकसेएक देशसँग दाँज्न सकिने सम्पदाहरू र संभावनाहरू हाम्रो देश नेपालमा छन् । यसरी पर्यटन क्षेत्रमा आएको विविधीकरण सँगसँगै आएको पर्यटकहरूलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरू रोजी छानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौँ देशहरूले पर्यटकहरूलाई अनेकौँ खालका सेवा सुविधाहरू दिइरहेका छन् । पर्यटन व्यवसाय गरिहेका छन् । र, विविधखाले पर्यटनले फस्टाउने अवसर पाएको छ ।

त्यस्तै नेपालमा पनि नेपाल आउने पर्यटकहरूलाई पर्वतारोहण, बन्जी जम्पिङ, साइक्लिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ हाइकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वास्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशीहरू), सिटी टुर, सांस्कृतिक अध्ययन, सामाजिक अध्ययन, जातजाति विषेशको धर्म र संस्कृति, भाषा आदिको सम्वन्धमा अध्ययन गर्न आउने पर्यटन, सिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन, वन्यजन्तु अध्ययन–अनुसन्धान पर्यटन आदि इत्यादिको संभावना धेरै नै छ । यहाँ चर्चा गर्न खोजिएको विषयचाहिँ विश्व पर्यटन दिवस र निकुञ्ज पर्यटनका बारेमा हो ।

मान्छेहरूले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुञ्ज पर्यटन पनि हामी नेपालीका लागि अझ खासगरी ग्रामीण भेगका नेपालीका लागि आर्थिक आधार स्तम्भको रूपमा रहेको छ । किनभने अधिकांश निकुञ्जहरू गाउँघरका आसपासमा छन् । हालसम्म नेपालमा सगरमाथा, चितवन, शिवपुरी, रारा, खप्तड, शे–फोकसुन्डो, मकालु वरुण, लाङटाङ, बर्दिया बाँके गरी एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्ज छन् । तापनि आम्दानी र पर्यटकहरूले भ्रमण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा, लाङटाङ र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने हुन्छ ।

हुन त नेपालको सन्दर्भमा पर्यटनको बारेमा कुरो गर्दा हरेक क्षेत्रमा विदेशीहरूको सुरुआती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । आधुनिक र सुविधा सम्पन्न होटलको सन्दर्भमा भन्नुपर्दा तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडांैमा अहिले निर्वाचन आयोग भएको बहादुर भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकहरूले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भएको मानिन्छ । वास्तवमा तत्कालीन सोभियत संका नागरिक बोरिस लिसानोभिचलाई नेपालको पर्यटन क्षेत्रको पनि विशेषतः होटल व्यवसायमा नेपालीलाई कखरा सिकाउने पहिलो व्यक्तिभन्दा फरक नपर्ला ।

त्यस्तै नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्डस्ले पहिलोपटक चितवनमा ‘टाइगर टप्स’ नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसायको थालनी गरेका थिए । स्मरणीय छ, हाल जिम एडवर्डस् यो भौतिक संसारमा छैनन् । वास्तवमा हाल आएर चितवन जिल्लाको सौराहा क्षेत्र र वरिपरि देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल हुनुमा उनै जिम एडवर्डस्को ठूलो वा महत्वपूर्ण योगदान छ भन्दा कसैले नकार्न सक्दैन । भलै वातावरणको नाममा डलर हजम गर्न पल्केका कथित् वातावरणविदहरूले विनाविकल्प त्यहाँ रहेका होटलहरू बन्द गर्नुपर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए भने अभैm पनि मसिनो गरी यो स्वर सुनिने गरेको छ ।

हुन पनि हाल आएर केवल विदेशी पर्यटकहरू मात्रै नभएर उच्चमध्यम स्तरका आय भएका नेपालीहरू पनि त्यहाँ आन्तरिक पर्यटकका रूपमा प्रशस्तै जान थालेका छन् । तैपनि नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहेजति सरसहयोग छैन, राष्ट्रले दिनसक्ने योगदान दिन सकेको छैन । एककिसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरूबाट मनग्गे कर लिन तयार छ । तर, राज्यको तर्फबाट व्यवसायीहरूलाई दिनुपर्ने न्यूनतम सेवा सुविधा दिन भने दाँतबाट पसिना झार्ने लोभी मानिसजस्तै भएको छ । यस मामिलामा कुरा नचपाई भन्ने हो भने, वास्तविक सरकार भन्नु नै नेपालका निजामती कर्मचारीहरू हुन् । उनीहरू स्थायी सरकार पनि हुन् । त्यसैले नीतिनियम, विनियमहरू बनाउनमा मुख्यतया कर्मचारीतन्त्रको ठूलो हात रहेको हुन्छ ।

प्रतिक्रिया