थप २५ सय ८ जनामा कोरोना संक्रमण

काठमाडौं । २४ घण्टामा देशभर थप २ हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा थप २ हजार २६४ जना कोरोनामुक्त भएका छन् । योसँगै देशभर कुल १ लाख ७० हजार ७४३ कोरोना संक्रमित रहेकोमा १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।

प्रतिक्रिया