खोजखबर

देशभर आज थपिए ३ हजार ६३७ जना संक्रमित, निको हुने ३ हजार २१५

सौर्य अनलाइन २०७७ कार्तिक ६ गते १६:५४ मा प्रकाशित

काठमाडौं । बिहीबार देशभर ३ हजार ६३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै देशैभर कुल कोरोना संक्रमित संख्या १ लाख ४८ हजार ५०९ जना पुगेको छ । पछिल्लो पटक बिहीबार ३ हजार ६३७ जना संक्रमित थपिएका हुन् । यसैगरी १ लाख २ हजार ८२० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यसैगरी काठमाडौं उपत्यकामा पनि १ हजार ५५२ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरि जम्मा १ हजार ५५२ जना संक्रमित थपिएका हुन् । यही संक्रमित मध्येबाट ८१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय