अति विपन्न परिवारका २१० जनाले पाए राहत

कालिकोट । शुभकालिका गाउँपालिका– १ छातिकी सुनिता बुढा ४५ वर्षकी भईन् । आजभन्दा दुइ वर्ष पहिला उनका श्रीमान् बिते । सानोतिनो घरायसी काम गरेर खाने सुनिताको परिवारमा आर्थिक संकटले पिरोलि रहन्छ । वर्षभरी हिउँदे खेति ,बर्खे खेति जे जस्तो काम गरेपनि उनको परिवारलाई खानसम्म पुग्दैन ।

उनको घरमा ५ जना सन्तान छन् । ५ जना सन्तानलाई विहान बेलुकाको खाना जुटाउनै मुस्कील छ सुनितालाई । शुभकालिका गाउँपालिकाले राहतस्वरुप एक प्याकेट मसिनो चामल वितरण गर्दा उनको मुहारमा खुशीपन देखिएको थियो । सोही वडा निवासी ४८ वर्षिया कौशिला रोका मगरको श्रीमान् वितेको ५ वर्ष पुरा भयो ।

५ सन्तान हुर्काउन पढाउन, खानपिन गर्न मुस्कील परेको उनको परिवारले पनि एक प्याकेट मसिनो चामल पाउँदा दशैँ खुशीसाथ मनाउने भएका छन् । यहाँ पीडा कसैका कमी छैनन् । जिल्लाको शुभकालिका गाउँपालिकामा बसोबास गर्ने अति विपन्न घरपरिवारका २१० जना सदस्यनै दशैँमा के खाने भन्ने सम्मका थिए ।

तर गाउँपालिकाले राहत बितरण गरिदिएको छ । उपाध्यक्ष लक्षित कार्यक्रमको बजेटबाट उनिहरुलाई राहत बितरण गरिएको हो । २१० जनालाई ३ लाख ७५ हजार रुपैयाँको राहत बाँडिएको छ ।

गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाहीले दशैँ तिहारमा केही राहत पुग्ला भन्ने सोचमा अति गरिब तथा विपन्न घरपरिवारका सदस्यलाई राहत वितरण गरिएको बताईन् । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले दशैँ र तिहार, छठपर्वमा गरिब विपन्नलाई केही राहत पुग्ला भनी राहत बाँड्ने निर्णय गरेको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया