दावालाई स्कुटर उपहार

पाँचथर । फिदिम नगरपालिका–४ का दावा क्षिरिङ शेर्पालाइ उपहार स्कुटरको चावी हस्तान्तरण गरिएको छ । उनलाई वाईवाई जिङ्ग तयारी चाउचाउको उपभोक्ता उपहार परेको हो ।

मंगलबार फिदिमको अजिमा होटल अगाडी उपाहार विजेताले स्कुटरको चावी बुझेका हुन् । यमाहाको १ लाख ९४ हजार मूल्यको स्कुटर वाईवाई चाउचाउ खाँदा चिठ्ठा परेको हो ।

लकडाउन अगाडि परेको उपहार आज हस्तान्तरण गरिएको वाईवाईका स्थानिय वितरक तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए । नेपालका अनुसार हालसम्म चाउचाउ उपभोक्ता १५ जनाले उपहार कुपन प्राप्त गरसकेका छन् ।

उपहार विजेता दावालाई एक कार्यक्रम गरी सिजी फुड्स, नुडल्स डिभिजन प्रदेश १ प्रमुख पुण्य प्रसाद लुईटेलले स्कुटरको चावी हस्तान्तरण गरे ।

कार्यक्रमलाई युवा पत्रकार खविन लुईटेलले सञ्चाल गरेका थिए । कार्यक्रमको समापन पछि आयोजकले सहभागीहरुलाई चाउचाउ वितरण गरी उपहारसमेत हातहातमा थममाएका थिए ।

प्रतिक्रिया