खोजखबर

मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

सौर्य अनलाइन २०७७ कार्तिक ३ गते १८:११ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेका छन् । अहिलेसम्म संघीय सरकारमा तीन मन्त्रीलाई संक्रमण पुष्टि भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय