अर्थबजार

माननियले चुनाव लड्दा नतिरेको पैसा जिल्ला कमिटि सदस्य शाहीले तिरे

हस्त चौलागाँई २०७७ कार्तिक ३ गते १२:०८ मा प्रकाशित

कालिकोट । नेकपाका जिल्ला कमिटि सदस्य तथा सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर शाही (डिबी) ले चुनाव लड्दा पार्टीलाई लागेको ऋण तिरेका छन् ।

स्थानीय तहको चुनाव सम्पन्न भएपछि प्रतिनिधीसभा र प्रदेश सभाको चुनावमा प्रतिनिधीसभा सदस्य दुर्ग बहादुर रावत, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र कर्णाली प्रदेश सभा सदस्य कुर्मराज शाही प्रत्यक्ष चुनावमा उत्रेका थिए ।

चुनावको बेला कालिकोटमा रहेको सत्यदेवी अटो प्रिन्ट अफसेट प्रेस छापाखानामा चुनाव प्रचारप्रसारका पोष्टर पम्पलेट, ब्रोसरलगाएत चुनाव प्रसारप्रचारका लागि सामग्री छपाइएको पैसा माननियहरुले कार्यकर्तालाई दिनु भनेर दिएको तर, किन दिएनन् भनेर माननियहरु दोधारमा पर्नु परेका छन् ।

चुनाव सम्पन्न भएपछि माननियहरुलाई सानो रकमको वास्ता भएन । तर, काम गरेर खाने व्यापारीहरुले भने पैसा बारम्बार जिम्मा लिएका कार्यकर्तासँग मागि रहे । तर, भोली–भोली भन्दै २०७४ मंसिरदेखि टारिरहे ।

छापाखानाका प्रोप्राइटर हिरामणी चौलागाँईले बारम्बार यो कुरा माननिय र उनका कार्यकतालाई सुनाउँदा भैहाल्छ भन्दै टार्दै गए । छापाखानाका डिल्ली प्रसाद चौलागाँईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका थिए ‘माननीय प्रतिनिधिसभा सदस्य दुर्ग बहादुर रावत ज्यु, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही ज्यु र माननीय प्रदेशसभा सदस्य कुर्मराज शाही ज्यु तपाँईले चुनावका बेला सत्यदेवी छापाखाना कालिकोटमा पोष्टर, पम्पलेट र अन्य छपाईका सामानहरु लिएर प्रचार गरि चुनाव जित्नु भयो र मुख्यमन्त्री पनि हुनुभयो ।

तर, आजका मितिसम्म पनि मेरो छापाखानाको बाँकी रकम रु ७४ हजार ७२० रुपैयाँ कस्ले दिन्छ ? आदरणीय नेकपा कालिकोटका पार्टी अध्यक्ष धनजित शाही ज्युले म तिर्छु भन्दाभन्दै यतिका वर्ष त्यो । हामी कर्म गरेर खाने मान्छेलाई यतिसम्म धोका दिनु नेकपाको आदत होइनकी ? अबको केही दिनमा पत्रकार सम्मेलन गर्दैछु ।’

यो स्टाटस सौर्यकर्मी हस्त चौलागाँईले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त पोष्ट पछी सामाजिक सञ्जालमा अनेक किसिमका प्रतिक्रिया आएपछि नेकपा जिल्ला कमिटि सदस्य तथा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाही (डिबि) ले कहिले कसो कार्यकर्ताबाट गल्ती हुन सक्छ भन्दै यसलाई ठूलो रुप नलिन आग्रह गर्दै उक्त रकम दिएका हुन् ।

शाहीले आफ्नो ब्यक्तिगत रकमबाट पार्टीलाई सहयोग भएको घोषणा गरेका छन् । काम गरेर खाने जो कोहीलाई पनी यसरी मर्कामा पार्नु राम्रो पक्ष नभएको नागरिकको बुझाई छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय