टाटा अल्ट्रोज नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा टाटा अल्ट्रोजको बिक्री सुरु गरिएको छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिगले प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज नेपाली बजारमा ल्याएको हो । कम्पनीले डिजिटल माध्यमबाट सार्वजनिक कारको अद्वितिय लुक्स, सुरक्षा फिचर र पर्फमेन्सले अल्ट्रोजलाई सेग्मेन्टकै उत्कृष्ट बनाउने जिकिर गरेको छ । कार ग्लोबल एनक्यापबाट फाइभ स्टार सुरक्षा रेटिङ पाएको नेपालको पहिलो कार हो । यसमा अत्याधिक बुटस्पेस र धेरै फराकिलो लेगस्पेस भएको प्रिमियम ह्याचब्याक रहेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टको रुपमा यसै वर्षको सुरुवातमा भारतमा सार्वजनिक भएदेखि नै टाटा अल्ट्रोजले अत्याधिक सकारात्मक प्रतिक्रिया पाइरहेको सिप्रदीले जनाएको छ । टाटा अल्ट्रोज, अल्फा आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी भएको पनि कम्पनीले दावी गरेको छ । यसमा स्ट्राइकिङ डिजाइन, वाइड एरे अफ इन्डस्ट्रिजमा सर्वश्रेष्ठ, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स तथा उत्कृष्ट प्रविधि रहेका छन ।

प्रतिक्रिया