कालिन्चोकमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा

दोलखा । पर्यटकीय जिल्ला दोलखामा करोडौँ लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कालिन्चोकको कुरि बजारमा पाँच करोड लगानी गरेर मिराकल भ्यू रिसोर्ट निर्माण सम्पन्न गरी सञ्चालनमा आएको हो ।
लक डाउनको सदुपयोग गर्दै रिसोर्टको काम सम्पन्न गरी सञ्चालनमा ल्याएको मिराकल भ्यू रिसोर्ट सञ्चालक मोहन लुइँटेलले बताए । कालिञ्चोक कुरिको प्रवेशद्वार नजिकै रहेको रिसोर्टमा ४० वटा सुविधा सम्पन्न रुम उपलब्ध रहेका छन् । एकपटक १ सय ५० जनाले एकसाथ बसेर खान मिल्ने रिसोर्टमा क्याम्प फायरसहित पर्यटकलाई मनोरञ्जनका लागि बेलाबेला विभिन्न सांगितिक कार्यक्रमसमेत हुने गरेको छ । कोरोना माहामारीको बेलामा टाढाबाट आउने पर्यटकलाई विशेष सेवासुविधाको ब्यवस्था गरिएको सञ्चालक लुइँटेलले बताए ।

रिसोर्टबाट मनोरम रोलवालिङ हिम शृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । रिसोर्टमा पार्टी हल सुविधासम्पन्न रुमहरूको व्यस्थापन गरिएको छ । प्रकृतिको मनोरम दृष्यको अवलोकन गर्दै मीठामीठा परिकारहरूसमेत रिसोर्टमा उपलब्ध रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने कालिञ्चोक भगवती मन्दिर सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर यात्रा गरेपछि कालिञ्चोक बजार पुग्न सकिन्छ । कुरि बजारबाट मन्दिर दर्शन गर्न जानका लागि केबुलकार सञ्चालन गरिएको छ भने एकघण्टा पैदल यात्रा गरेपछि पनि कालिञ्चोक मन्दिर पुग्न सकिन्छ ।

जाडो मौसममा हिउँ खेल्न आउने पर्यटकले भरिभराउ हुने कालिञ्चोकको कुरिमा दुई सयभन्दा बढी होटल सञ्चालनमा रहेका छन् । सुबिधा सम्पन्न रिसोर्ट सप्पन्न भएसँगै पर्यटकसमेत बढ्ने अपेक्षा गरिएको छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको कालिञ्चोक भगवती, काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत गरी सात भगवती दिदीबहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । जनैपूर्णिमा, बडादसैँ, चैतेदसैँमा भक्तजनको भिड लाग्ने कालिञ्चोकमा कोरोनाका कारण भिडभाड बढ्ने भन्दै मन्दिर भने बन्द गरिएको छ ।

प्रतिक्रिया