गण्डकी प्रदेशमा कोरोना संक्रमित पाँच हजार ६८५ जना

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ६८५ पुगेको छ । प्रदेशमा आज थप ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैको आइसोलेसनको व्यवस्थापनको तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ८० हजार ३९० जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना संक्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४८८ जना निको भएका छन् ।

प्रतिक्रिया