नौ अर्बको सेयर कारोबार

काठमाडौं । गत साता ९ अर्ब ८ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो भन्दा अघिको साता १४ अर्ब ६४ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।  दसैँ नजिकिएसँगै सेयर बजारबाट लगानीकर्ता बाहिरिएको कारण नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको हो । एक सातामा नेप्से २७ दशलमव १८ अंकले घटेर १ हजार ५ सय ६२ दशमलव ४६ अंकमा बन्द भएको हो । नेप्सेसँगै कारोबार रकम पनि ३७ दशमलव ९७ प्रतिशत घटेको नेप्सेको तथ्यांकले देखाएको छ ।

गतसाता सबै समूहको सूचक ओरालो लाग्दा नेप्से पनि ओरालो लागेको हो । विगतका साताहरूमा सर्वाधिक वृद्धि देखिएको हाइड्रोपावर समूहको सूचक पनि सबैभन्दा धेरैले घटेको छ । हाइड्रोपावर समूहको सूचक ५ दशलमव ११ प्रतिशतले घटेको हो । त्यस्तै बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक १ दशमलव ३८ प्रतिशत, होटेल समूहको सूचक ३ दशलमव शून्य ७, अन्य समूहको सूचक १ दशमलव १७ प्रतिशत, विकास बैंक समूहको सूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ ।

त्यस्तै उत्पादन समूहको सूचक ३ दशमलव ३७ प्रतिशत, लघुवित्त समूहको सूचक १ दशलमव शून्य १, जीवन बिमा समूहको सूचक १ दशलमव ३४, निर्जीवन बिमा समूहको सूचक २ दशलमव ४५, वित्त कम्पनी समूहको सूचक २ दशलमव ५७, व्यापार समूहको सूचक १ दशमलव ५५ प्रतिशतले घटेको छ । नेप्सेसँगै बजार पुँजीकरण पनि घटेको छ । गत साता अहिलेसम्मकै उच्च २१ खर्ब १८ अर्ब ८० करोड पुगेको बजार पुँजीकरण गतसाता १ दशमलव ७१ प्रतिशते घटेर २० खर्ब ८२ अर्ब ५८ करोडमा झरेको छ ।

प्रतिक्रिया