टुकुचा र कलंकी खसी बजारको अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको पशु सेवा महाशाखाले शनिबार टुकुचा र कलंकीमा रहेको खसी बजारको अनुगमन गरेको छ । घटस्थापनाको दिन पारेर महानगरपालिकाले मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेको हो । टोलीले निरोगीको सिङमा हरियो र रोगीको सिङमा रातो रङ लगाउने कार्यको थालनीसमेत गरेको छ ।  स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रूपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बजार निरीक्षण, अनुगमन थालेको महाशाखाका प्रमुख डा. अवधेश झाले बताएका छन । आमनागरिक र सर्वसाधारणलाई निरोगी खसीबोकाको पहिचान गर्न सहज पु¥याउने उद्देश्यले संकेतका रूपमा रङको प्रयोग गरेको नगरपालिकाले जनाएको छ ।

खसी, बोका, भेडा, च्याङ्ग्राको सिङमा हरियो रङ भएको अवस्थामा त्यसलाई निरोगी भनेर बुभ्mन सहज हुने अपेक्षा गरिएको छ । निरोगी खसीको मासु उपभोग गर्न पनि महानगरले आग्रह गरेको छ । त्यसो त रातो रङ भएका खसीबोकाको मासु उपभोग गर्न नहुने पनि महानगरले भनेको छ ।  बजारमा आएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए/नआएको, नाकबाट सिँगान बगे÷नबगेको, झोक्राएको छ छैन, पातलो दिसा भए/नभएको, चोटपटकजस्ता सामान्य स्वास्थ्य अवस्थाका विषयमा पशुचिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउने गरिन्छ । पशु ढुवानी मापदण्ड पालना गरेर नगरेको, खरिद बिक्री बिलको प्रयोग भए/नभएको र ल्याइएका चौपायाको बासस्थान उचित भए÷नभएको पनि बजार अनुगमानमा हेरिने भएको छ ।

दसैँको बजार अनुगमन थालनी भएकाले सुधारका लागि सुझावसमेत दिन थालिएको छ । सुझावको पालना नगरेमा कारबाही पनि हुन सक्ने महानगरले भनेको छ । यसका लागि संघ र प्रदेश सरकार तथा अन्य साझेदारलाई बजार अनुगमनका क्रममा सँगै लिएर जाने तयारीमा महानगर रहेको छ ।  शनिबार सामान्य स्वास्थ्य अवस्था खराब देखिएका दुई वटा खसी भेटिएका छन् । तिनीहरूलाई अलग राखेर उपचार गर्न व्यापारीलाई निर्देशन दिइएको अनुगमन समितिका एक सदस्यले बताए । महानगरपालिकाको पशु सेवा महाशाखाका पशु विकास अधिकृत डम्मरबहादुर बमले अस्वस्थ खसीबोकाको बिक्रीमा रोक लगााइएको छ । महाशाखाले चौपाया बजारमा जानकारीमूलक सामग्री टाँस्दै, माछामासुजन्य खाद्यबस्तुको उत्पादनलाई गुणस्तरीय बनाउन र कोभिड–१९ को सम्भावित संक्रमणबाट जोगिन पनि अपिल गरेको छ ।

प्रतिक्रिया