‘अबको यात्रा विकास र समृद्धिको’

विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले मुुलुुकको बदलिँदो परिस्थितिअनुुसार नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदेश–१ प्रदेश प्रहरी कार्यालय विराटनगरले ६५औँ प्रहरी दिवशको अवसरमा बोल्दै उनले संघीयताको मर्मअनुुसार प्रहरी संगठनले जनताको मन जित्नेगरी काम गर्नुुपर्नेमा जोड दिए ।

उनले प्रदेश–१ मा अपराध नियन्त्रण तथा शान्ति सुुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको भन्दै अबको यात्रा सुुशासन र विकासको बाटोमा मुुलुुकलाई अघि बढाउँदै नेपाली जनतामा समृद्धि कायम गर्नुु रहेको बताए । उनले सबै प्रकारका राजनीतिक द्वन्द्व समाप्त भइसकेकाले अबको लक्ष्य समृद्धि कायम गरेर नेपाली जनताको अनुुहारमा खुुसी ल्याउनुु हो भने ।

मुुख्यमन्त्री राईले कोभिड–१९ सँगको लडाइँमा नेपाल प्रहरीले अग्रपंक्तीमा रहेर काम गरिरहेको उल्लेख गरे । अग्रपंक्तीमा रहेर काम गरेकाले कतिपय प्रहरी जवान कोरोना सक्रमित भएको र त्यस्तो अवस्थामा पनि आफ्नो दायित्वबाट नेपाल प्रहरी पछाडि नहटेको उनले बताए ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले शान्ति सुुरक्षा सुुदृढ बनाउन सीमाक्षेत्रमा १४ वटा बोर्डर आउट पोस्ट थप गर्नुुका साथै प्रदेशमा रहेका प्रहरी कार्यालयमा ५४ वटा नयाँ भवन निर्माण गरिएको बताए ।

मन्त्री कार्कीले कतिपय अमर प्रहरीका छोराछोरीले आर्थिक अभावमा पढ्न नपाएको गुुनासो आइरहेको भन्दै उनीहरूको पठनपाठन तथा पालनपोषनमा सहयोग पुु¥याउन प्रहरी कल्याण कोषलाई त्यसतर्फ लक्षित गर्नुपर्ने बताए । प्रदेश–१ का प्रहरी कार्यालयका प्रमुुख ईश्वरबाबुु कार्कीले शान्ति सुुरक्षा कायमसँगै जनताको हरेक समस्या समाधानमा नेपाल प्रहरी क्रियाशील रहेको बताए ।

कार्यक्रमा नेपाल प्रहरी श्रीमती संघले अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गरेको थियो । कार्यक्रममा साधनादेवी श्रेष्ठ पराक्रम पुुरस्कारबाट यो वर्ष इलाका प्रहरी कार्यालय वसन्तपुुरमा कार्यरत प्रहरी निरीक्षक सविना खत्रीलाई सम्मानित गरिएको थियो । पुुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । उत्कृष्ठ काम गर्ने प्रहरी तथा कर्मचारीहरूलाई कार्यक्रममा सम्मानित गरिएको थियो । त्यस्तै गतवर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रहरी कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति स्वरूप १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया