जुरेलीको गीतमा अभी र केशव

काठमाडौं । अस्मीता जुरेलीको ‘परदेशीको दशैँ तिहार’ गीतको भिडियोमा अभी सुनार, केशव भावुक र जुरेली फिचर्ड भएका छन् । केशव र अस्मीताको नै उक्त गीतमा युगल आवाज रहेको छ ।

त्यस्तै, गीतमा केशवले नै शब्द रचना गरेका हुन् भने कर्णराज गिरीको संगीत तथा विनय कार्कीले संगीत संयोजन गरेका छन् । रोसेल थापाले निर्देशन गरेको गीतको भिडियो विरेन्द्र भट्टले खिचेका हुन् ।

गीतको शब्द र भिडियोमा धन कमाउन विदेश गएका नेपालीले दुःख पाएको यथार्थ कथालाई चित्रण गरिएको छ । नजिकै आइसकेको बडा दशैँको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया