खेल-खेलाडी

नोर्किया इतिहासकै तीव्र गतिका बलर

सौर्य अनलाइन २०७७ असोज २९ गते २१:१० मा प्रकाशित

दुवई । दिल्ली क्यापिटल्सका युवा तीव्र गतिका बलर एनरिच नोर्कियाले इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सर्वाधिक तीव्र गतिमा बलिङ गरेका छन् । नोर्कियाले बुधबार सम्पन्न आइपिएलको ३० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान कायम गरेका हुन् । नोर्कियाले राजस्थानविरुद्ध तेस्रो ओभरको पाँचौ बलमा जस बटलरलाई बलिङ गर्नेक्रममा १५६.२२ को प्रतिघण्टा किलोमिटर बल फाल्दै इतिहास रचेका थिए । उक्त बललाई बटलरले चौका प्रहार गरेका थिए ।

लगत्तै अर्को बलमा नोर्कियाले १५५.२१ प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्दै बटलरलाई बोल्ड आउट गरेका थिए । उक्त बल बटलरले चालनै पाउन सकेका थिएनन् । आइपिएलमा तेस्रो सर्वाधिक तीव्र गतिको बल पनि नोर्कियाकै नाममा छ । उनले १५४.७४ को प्रतिघण्टा किलोमिटर गतिमा बलिङ गरेका छन् ।

यसअघि आइपिएल इतिहासमै सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने कीर्तिमान दक्षिण अफ्रिकाकै डेल स्टेनको नाममा थियो । स्टेनले १५४.४० प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका थिए । आइपिएल इतिहासमा सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने पाँचौ स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् । दिल्लीका प्रमुख बलर रबाडाले १५४.२३ प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका थिए । छैटौं स्थानमा नोर्किया छन् । नोर्कियाले १५४.२१ को प्रतिघण्टा किलोमिटरमा बलिङ गरेका छन् । जारी सिजनमा दिल्लीबाट आइपिएलमा डेब्यु गरेका दक्षिण अफ्रिका नोर्कियाले नियमित १५० किलोमिटर प्रति घण्टाको गतिमा बलिङ गर्ने गर्दछन् ।

‘साँच्चै ? मलाई थाहा भएन,’ नोर्कियाले खेलपछि उनको कीर्तिमानी बलिङको गतिबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले ब्यक्तिगत आफ्नो नाम आइपिएलबाट फिर्ता लिएपछि दिल्लीले नोर्कियालाई अनुबन्ध गरेको थियो । सुरुवात देखिनै दिल्लीको पहिलो रोजाईमा खेल्दै आएका २६ वर्षिय नोर्कियाले उच्च प्रर्दशन गरेका छन् । नोर्कियाले ८ खेलमा १० विकेट लिएका छन् । उत्कृष्ट प्रर्दशन कोलकाता नाइट राइडर्सविरुद्ध ३–३३ छ । बुधबार राजस्थानविरुद्ध जित निकाल्न उत्कृष्ट प्रर्दशन गरेका नोर्किया ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय