दुई देशको लागि भारतीय राजदुत नियुक्त

नयाँदिल्ली । भारतले दुई देशको लागि भारतीय राजदूत नियुक्त गरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गरेका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।

विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गरेका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।

त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उनि पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी छन् ।

उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेको मन्त्रालयले जनाएको छ । उनिहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्ने पनि विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रतिक्रिया