दशैँले बढ्न थाल्यो ब्यापारिक चहल–पहल

काठमाडौं । दशै तिहारको आगमन सँगै कोरोना संक्रमणको समयमा पनि राजधानीको मुख्य ब्यापारिक क्षेत्रमा ब्यापारिक चहल बढ्न थालेको छ । चाडपर्बलाई लक्ष्यित गरी आवश्यक पर्ने सामान किनवचे हुन थालेपछि व्यापारिक गतिविधि बढ्न थालेको हो ।  गत वर्षको चैतदेखि सुनसान बनेको न्युरोड र महाबौद्ध क्षेत्रमा दशैको आगमन सगै चहलपहल बढेकाे छ । विगत ६ महिनाभन्दा बढी सुनसान बनेको यो क्षेत्रमा सामान खरिद गर्नेको बाक्लो उपस्थिती रहन थालेको छ । त्यस क्षेत्रका व्यापारीका अनुसार पछिल्लो एक÷दुई साता यता मानिसको चहलपहल बढ्ने क्रमले निरन्तरता पाउन थालेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मानिसको चहलपहल बढ्न थालेसँगै व्यापारले विस्तारै गति लिन थालेको बताए । उनले सार्वजनिक यातायात चल्न थालेपछि सर्वसाधारणको चहलपहल बढेको र यस्तो चहलपहल सँगै व्यापारीक कारोबार हुन थालेको उनको बुझाई छ ।

त्यस्तै, महाबौद्ध क्षेत्रमा पनि व्यापारले विस्तारै गति लिन थालेको छ । गत वर्षको तुलनामा व्यापार घटे पनि निरन्तर सुधार आइरहेको ब्यवसायीहरुले बताएका छन । अघिल्लो वर्षहरूको जस्तो ब्यापार नभएपनि क्रमशः ब्यापारिक गतिबिधि चलायमान हुन थालेको ति व्यसायीहरुको भनाई छ । खासगरी दसैँ, तिहार र छठ नजिकिँदै जाँदा यस क्षेत्रमा मानिसहरूको चहलपहल बढ्न थालेको हो । उपत्यका बाहिरबाट चाडपर्व लक्षित सामान लिन आउनेको संख्या पनि बढेको छ ।

सस्तो बजार सुस्ताउदै
सस्तो बजारको नामले चिनिने भृकुटी मण्डपको बजार भने सुस्ताउदै गएको छ । भृकुटी मण्डपमा फेन्सी सामान, कपडा, जुता, ब्याग, कस्मेटिक, थानका कपडा र इलेक्ट्रिकल सामानका एक हजारभन्दा बढी स्टल रहेका छन ।

अघिल्लो बर्षहरुमा चाडपर्बको आगमन सँगै दैनिक एक लाख रुपैयाँ सम्मको व्यापार हुने गरेकोमा यो पटक भने बोहनी गर्न सम्म गाहे भएको व्यवसायी पूजा कार्की बताउछिन । अघिल्ल्लो बर्षहरुमा दसैंको एक महिना अघिदेखि नै ग्राहकको भीडले सामान देखाउन समेत भ्याइ नभ्याई हुने गरेकोमा यो पटक व्यापार नहुँदा एक जनालाई दिन कटाउन पनि गाह्रो भएको उनको भनाई छ ।

गत वर्ष दशैको अगाडी दैनिक एक लाखभन्दा बढीको कारोबार हुने गरेको बताउने व्यवसायी रुपक लामिछाने अहिले दैनिक ५ हजार रुपैयाँको ब्यापार गर्न पनि कुरेर बस्नुपर्ने बताउछन । भृकुटीमण्डपमा दसैंको किनमेलका लागि एक महिना अघिदेखि ग्राहकहरु आउने गथ्र्ये । चाडबाड मान्न उपत्यका बाहिर जानेहरुले भदौको दोस्रो सातादेखि नै सामान किनेर लाने गथ्र्ये । तर अहिले त्यस्तो अवस्था आउन नसक्ने ब्यवासायीहरुको बुझाई छ ।

यसपटक नाका असहज हुँदा चीनबाट सामान ल्याउन नपाएर महाबौद्ध र रन्जना ट्रेड सेन्टरका व्यवसायी पनि हतास अवस्थामा छन । उनीहरूबाट थोकमा सामान किनेर भृकुटीमण्डपका व्यवसायीले व्यापार गर्ने गरेका थिए । यसपटक खासै नयाँ सामान नआएको पनि बिक्रेताहरु बताउछन ।

प्रतिक्रिया