खोजखबर

डा. युवराज खतिवडा अमेरिकाको राजदूतमा सिफारिस

सौर्य अनलाइन २०७७ असोज १५ गते १३:१४ मा प्रकाशित

काठमाडौं । सरकारले डा. युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हाे ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका थिए । राष्टियसभाको मनोनित सदस्यबाट अर्थ मन्त्रालयको कार्यकाल सकिएलगत्तै मन्त्रीको सेवा सो सरह सुविधासहितको अर्थ सल्लाहकार नियुक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्टियसमामा निरन्तरता दिएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइरहन चाहेका थिए। उपाध्यक्ष वामदेव गौतमले राष्टियसभाको मनोनित सदस्यको रुपमा जाने अडान लिएपछि ओली पछि हटेका थिए । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवादको क्रममा उपाध्यक्ष गौतमले साथ दिइरहेको हुनाले खतिवडालाई दोहोर्याउने अडानबाट पछि हटेका थिए।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय