एनसेलको ‘पे एज यूगो’ डेटा ४० पैसामा

काठमाडौं । एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पे एज यूगो योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रति एमबी सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन ।  यो योजना बुधबार देखि लागु भएको हो । पे एज यूगो अर्थात मेन ब्यालेन्सबाटै विद्यमान प्रति एमबी कर बाहेक २ रुपैयामा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको हो ।

यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जाने छ । ग्राहकले पेएजयूगो अन्तर्गत एक सातामा डेटाका लागि २० रुपैया सम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रुपैया प्रति एमबी पर्दछ । एक सातामा ग्राहकले २० देखि ५० रुपैया सम्म डेटा सेवामा खर्च गर्ने बितिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क १ मा झर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी ग्राहकले एक सातामा ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रति एमबी मात्र ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्नेछन । साप्ताहिक चक्रमा हरेका साता आइतबार देखि शनिबार सम्ममा ग्राहकले पेएजयूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुने छ । यदि कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएजयूगो डेटा सेवामा २३ रुपैया खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० भन्दा रुपैया बढि खर्च हुने बित्तिकै पेएजयूगो शूल्क त्यहि साताको शनिबार मध्यरातसम्मका लागि १ रुपैया प्रति एमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस साताको शनिवार मध्यरात सम्मका लागि ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्ने पनि एनसेलले जनाएको छ ।

आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेलले खुसी ब्यक्त गरेको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याक सबै भन्दा राम्रो विकल्प भए पनि यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई फाइदा पु¥याउने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया