३ लाख २५ हजार किलो अबैध हरियो केराउ बरामद

सर्लाही । गोदाममा स्टोर गरिराखेको ३ लाख २५ हजार किलो अवैध हरियो केराउ प्रहरीले बराम गरेको छ । बिरगन्ज महानगरपालिका १६ इनारवा गाउँ स्थित नेपाल भारत सिमाना नजिकै अवैध रुपले गोदाममा स्टोर गरि राखेको केराउ प्रहरीले बरामद गरेको हो ।

श्री प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिको आधिकारिक कार्यालय परवानीपुर गाउँपालिका ३ लिपनी बारामा रहेता पनि फर्मका प्रोप्राइटर वेदान्त जंग राणाले इनारवा गाउँ स्थित नेपाल भारत सिमाना नजिकै स्टोर गरेको बताइएको छ । गोदाममा स्टोर गरि राखेको सो केराउ २ नं प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलिले बुधबार बरामद गरेको हो ।

बरामद केराउको अन्दाजी बजार मुल्य २ करोड ६० लाख रुपैयाँ रहेको र सो केराउ भारत तर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा जम्मा गरि राखेको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी गराएका छन् ।

श्री प्रीज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका प्रोप्राइटर वेदान्त जंग राणा काठमाडौको ललितपुर निवासी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेका फर्मका मैनेजर प्रभात श्रेष्ठ र उनी संगै बरामद गरिएको ना ६ त ८७१० नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिइ अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी एसपी कृष्ण प्रसाईले जनाएका छन् ।

प्रतिक्रिया