अर्थबजार

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

सौर्य अनलाइन २०७७ असोज १४ गते १३:२८ मा प्रकाशित

काठमाढौं । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय