पहिरोले अवरुद्ध सडक सुचारु

कावासोती । अबिरल वर्षाका कारण अवरुद्ध नवलपुरको दलदले–बोझापोखरी सडक सुचारु भएको छ । जिल्लाका पहाडी गाउँपालिकाहरु जोड्ने सडकमा पहिरो गएपछि असोज ८ गतेदेखि सो सडक अवरुद्ध भएको थियो । हुप्सेकोट गाउँपालिका वडा नं ५ पाङ्ग्रेमा पहिरोले अवरुद्ध भएको सडक मंगलबार साँझबाट सन्चालनमा आएको हो । हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाको सयुक्त प्रयासमा पहिरो हटाइए पछि यातायात सन्चालनमा आएको हुप्सेकोट गाँउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।

मुख्य सडक अवरुद्ध भएपछि सो सडक भएर यात्रा गर्ने जिल्लाको हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाका स्थानीय बासिन्दाहरुको आवतजावत ठप्प भएको थियो । यसअघि सोमबार प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे र बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीले पहिरो गएको स्थान र सडकको स्थलगत अवलोकन गरेका थिए ।

प्रतिक्रिया