नुसरतलाई धम्की

मुम्बई । भारतीय अभिनेत्री नुसरत जहानलाई दुर्गा भगवतीको रुपमा तस्बिर खिचाएका कारण ज्यान मार्ने धम्की आएको छ । दुर्गा भगवती अवतारमा तस्बिर सुट गरेका कारण उनलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्गा अवतारमा खिचिएको तस्बिर उनले इस्टाग्राममार्फत सार्वजनिक गरेकी थिइन् । तस्बिरमा उनी हातमा त्रिशुल समाएर दुर्गा अवतारमा देखिएकी छन् । तस्बिर सार्वजनिक भएपछि उनले धार्मिक विभेदको आरोपको समेत सामना गरेकी छन् । सोही कारण उनको आलोचनासमेत भएको थियो ।

तस्बिर सामाजिक सञ्जालमार्फत बाहिरिएपछि धेरैले उनलाई मार्ने धम्की दिएका छन् भने केहीले मुस्लिमविरोधीको आरोप लगाएका छन् । उनको दुर्गा अवतारलाई देखेर केहीले मृत्युको समयसमेत आएको जनाएका छन् । तस्बिरका कारण केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई शरीर ढाकेर किन हाँस्न नसकेको ? भनेर प्रश्न पनि गरेका छन् । एक प्रयोगकर्ताले उनलाई नाम नुसरत जहानबाट परिवर्तन गरेर नुसु दास, घोष अथवा सेन राख्नसमेत सुझाएका छन् ।

अभिनेत्री नुसरतलाई यसअघि पनि यस्ता धम्की आउने गरेका थिए । किनभने मुस्लिम परिवारमा जन्मिए पनि उनले हिन्दू व्यक्ति निखिल जैनसँग विवाह गरेकी थिइन् । अभिनेत्री नुसरत हालै चलचित्र ‘स्वास्तिक संकेत’ को छायांकनका लागि लन्डन पुगेकी छन् । यो उनको करिअरको २३औं चलचित्र हो ।

प्रतिक्रिया