खोजखबर

डा. केसीको मागबारे वार्ताबाट समाधान खोज्न अपिल

सौर्य अनलाइन २०७७ असोज १३ गते १७:५३ मा प्रकाशित

काठमाडौं । जवाफदेहिता निगरानी समितिले डा. गोविन्द केसीको मागका विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ ।समितिका संयोजक चरण प्रसाइँले आज जारी गरेको प्रेस विज्ञप्तिमा डा. केसीको मागका विषयमा समाधान खोजी उनको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग अपिल गरेका छन् ।

चिकित्सक डा. केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको कार्यान्वयनजस्ता मागका सम्बोधन गर्न समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले ज्यान जोखिममा राखेर थाल्नुभएको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उहाँबीच भएको सहमतिको पूर्ण कार्यान्वयनका लागि हो ।’ डा केसीलाई जुम्लाबाट काठमाडौं स्थानान्तरण गरी नेसनल ट्रमा सेन्टरमा राखिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय