केटीएम ३९० मोटरसाइकल बजारमा

काठमाडौं । मोटरसाइकल ब्रान्ड केटीएमले १० लाख रुपैयाँ पर्ने केटीएम–३९० एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । केटीएमका नेपालभर रहेको सोरुममा यो बाइक ९ लाख ९९ हजार ९ सयमा बिक्री सुरु गरेको कम्पनीले जनाएको छ ।

नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले आगमन गरेको कम्पनीले जनाएको छ । बदलिँदो ट्रेन्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र सहरको दैनिक जीवनमा राइडिङका लागि ३९० एड्भेन्चर बनाएको कम्पनीले जनाएको छ ।

यसको रेडी टु रेस मन्त्रका साथ केटीएमसँग मोटर स्पोर्टसमा अतुलनीय इतिहास रहेको पनि विज्ञप्तिमा उल्लेख छ । यसमा ६६ वर्षभरिमा ३ सय भन्दा विश्व च्याम्पियन सिपको जित रहेको पनि कम्पनीले जिकिर गष्रेको छ ।

प्रतिक्रिया