नबिल बैकको सेयर लोन

काठमाडौ । नबिल बैकले सेयर लोन दिने कार्य सुरु गरेको छ । नेपाल धितोपत्र बजार (नेप्से)मा कारोबार हुने शेयर धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध गराउन थालेको छ ।  ५० लाख वा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७ दशमलव ७५ प्रतिसतको आकर्षक ब्याजदरमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ । दशैंको सुअवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सबै शाखाबाट शेयर धितो कर्जा प्राप्तगर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।

नबिल निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी १ सय १९ शाखा र १ सय ८५ एटिएम काउण्टर रहेका छन् । बैंकले नेपाली बैंकिग क्षेत्रमा नविनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै नेपालको बैंकिग विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया