चितवनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना संक्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो ।

प्रतिक्रिया