‘तीन जन्तु’ को टिजर

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत चलचित्र ‘तीन जन्तु’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका केही अंश समेटिएको छ । अर्पण थापाले निर्देशन गरेको उक्त चलचित्रमा सौगात र सृष्टिका साथमा अर्पण थापा, कालु राना, रविन तामाङ, लगायतका कलाकारे मुख्य भूमिका रहेको छ । चलचित्रले २०३० सालमा घटेको एउटा घटनालाई प्रस्तुत गर्न खोजेको निर्माण पक्षले जनाएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार अर्पण, सौगात, श्रृष्टी र रोविन तामाङलाई फरक अवतारमा देख्न सकिन्छ ।

चलचित्र दुई चोरले रहस्यमयी बाकस लुटेपछि उत्पन्न परिस्थितिको कथामा बनेको छ । फरक कथामा चलचित्र निर्देशन गर्दै आएका अर्पणले निर्देशन गरेको यो चलचित्रले पनि बिल्कुल फरक शैली र कथालाई बोकेको छ । आगामी १७ पुसदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र हरि तामाङ, सन्तोष अधिकारी र केल्ली जोय मिलेर निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यो चलचित्रको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । चलचित्रको रिच इन्टरटेन्मेन्ट, जिजिए ग्रुप र एफडी कम्पनीले वितरण जिम्मा लिएको छ ।

प्रतिक्रिया