प्रतिष्ठानका प्रकाशन सातै प्रदेशमा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट छापिएका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक विक्रेता छनोट गरेको छ । प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तकलाई देश विदेशमा पु¥याउने लक्ष्यका साथ बिक्रेता छनोट गरिएको जनाइएको छ । मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता समेत भएको प्रतिष्ठानले जनाएको छ । सम्झौतापत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पु¥याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे । उनले भने, ‘नेपाली कला, साहित्य तथा संस्कृतिलाई आम मानिससम्म पु¥याउनका लागि यो अभियान पहिलो पाइला हो ।’ उनले पठन संस्कृतिका अभिवृद्धिमा यसले सघाउ पुग्ने जिकिर गरे । सोही क्रममा मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरू सम्झौताबमोजिम नै देशका सबै भागमा र विदेशमा समेत पु¥याउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया