जलाधार क्षेत्र संरक्षणमा स्थानीय सक्रिय

मुगु । नेपालकै ठूलो तथा गहिरो ताल रारा र त्यहाँबाट निकास भएर बग्ने खत्याड खोला आसपासका बासिन्दा जलाधार क्षेत्रको संरक्षणमा सक्रिय हुँदै गएका छन् । रारा ताल र यो क्षेत्रमा रहेका वनजंगल, वन्यजन्तु, चराचुरंगी र जलचर प्राणी र आफूहरूबीच जीवनयापनका विभिन्न आयामबीच कहीँ न कहीँ सम्बन्ध रहेको शिक्षा पाउन थालेपछि यी सबैको संरक्षणका लागि स्थानीयहरू संगठित हँुदै जान थालेका हुन् । सदियौँदेखि रारा क्षेत्रको वनजंगल र प्राकृतिक सम्पदाहरूको उपभोग गर्दै आएका यहाँका स्थानीयहरू यो क्षेत्रमा रहेका महत्वपूर्ण जलचर र वन्यजन्तु तथा रुखविरुवाको विरुद्धका क्रियाकलाप गर्दै आएका थिए ।

वनमा पासो हालेर वन्यजन्तु मार्ने, ताल तथा खोलामा बल्छी हालेर माछा मार्ने र जंगल कटान गर्नेजस्ता प्रकृति विरुद्धका क्रियाकलाप गर्दा प्राकृतिक सौदर्यमा ह्रास आउने, वन्यजन्तु, चरा, जलचर र थलचरहरू लोभ हँुदै जाने आवस्थाको सिर्जना हुने अवस्था थियो । प्राकृतिक सम्पदा संरक्षण र यिनीहरूसँगको हाम्रो सम्बन्ध र आवश्यकताबारे शिक्षा नपाउँदा पनि स्थानीयहरू यस्ता कार्य गर्न बाध्य थिए । पछिल्लो समयमा युएस एडको पानी परियोजनाको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था कर्णाली सामुदायिक विकास केन्द्र(केसिडिसी) मुगुले रारा खत्याड जलाधार क्षेत्रमा जैविक विविधता संवद्र्धन, प्राकृतिक स्रोत साधनको संरक्षण, उपभोग, आवश्यकता र सम्बन्धबारे जनचेतना दिन थालेपछि स्थानीयहरू जलाधार क्षेत्रको संरक्षणमा जुट्दै गएका छन् ।

जलाधार क्षेत्रमा पर्ने लामाचौर, ताल्च, झ्यारी, मुर्मा र निगालीभोट बस्तीमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहहरू गठन गरिएका छन् । ती समूहका सदस्स्यहरू हप्ताको एकचोटी आफ्नाे क्षेत्रमा पर्ने जलाधार क्षेत्र, मध्यवर्ती र निकुञ्ज सिमानासम्म गस्ती गर्ने गर्दछन् । विगतमा जानी नजानी चोरी सिकारी गरे पनि अब वन्यजन्तु तथा जलाधार क्षेत्रमा पाइने जलचरहरूको कसैले चोरी सिकारी नगरोस् र यहाँका महत्वपूर्ण, लोपन्मुख जडीबुटी, वन्यजन्तु र वनजंगलको संरक्षण होस् भनेर हप्तामा एक दिन गस्ती गर्ने र यस्तो कार्य गर्ने कोही भेटिए कानुनअनुसार कारबाहीका लागि रारा राष्ट्रिय निकुञ्जमा बुझाउने ताल्च चोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष दीपेन्द्र भाम बताउँछन् ।  चोरी सिकारी नियन्त्रणका साथै निकुञ्ज क्षेत्रमा हुने फोहोर संकलन र व्यवस्थापन गर्ने, वन्यजन्तु संरक्षण, वनजंगल संरक्षण, ताल संरक्षण र हाम्रो आनीबानीबाट जलाधार क्षेत्रमा रहेका जलचर र वनजंगलमा रहेका बोटविरुवा वन्यजन्तुलाई पर्ने असरबारे पनि सचेतना दिने काम समूहको रहेको झ्यारी समुदायमा आधारित चोरी सिकारी नियन्त्रण समूहका अध्यक्ष विष्णु रावलले बताए ।

जलाधार क्षेत्रका आसपासमा रहेका बस्तीहरूमा महिनैपिच्छे स्थानीयहरूको सहभागितामा बैठक बस्ने गरेको र सो बैठकमा महिनाभरी भए गरेका कामको प्रगति, आइपरेका समस्या र समाधानका उपायबारे छलफल हुने गरेको केसिडिसी मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए । उनले भने, ‘आपूmहरू र आफ्ना कर्मचारीहरूले समूहका काम कारबाहीमा सहजीकरण गर्ने मात्र हो सबै क्रियाकलाप स्थानीय आपैmँले गर्नुहुन्छ, यो अवधिमा समूहहरूले राराताल वरिपरि र जलाधार क्षेत्रमा सरसफाइ गर्ने, गस्ती गर्ने, वृक्षरोपण गर्ने कार्य गरिरहनुभएको छ । अबको केही दिनमा संरक्षणसम्बन्धी होडिङ बोर्ड राख्ने, मुहान संरक्षण गर्नेजस्ता कार्यक्रम रहेको छ ।’ रारा राष्ट्रिय निकुञ्जको अभिभावकत्व युएस एडको आथर््िाक सहयोग र स्थानीय केसिडिसी मुगुको सहजीकरणमा रारा–खत्याड जलाधार क्षेत्रमा पानी परियोजनाले संरक्षण र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया