बालिका बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए । पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया