खोजखबर

हवाई जहाजबाट आएका व्यक्तिमा कोरोना देखियो

अनिल शाही २०७७ असोज ९ गते १७:४८ मा प्रकाशित

बाजुरा । कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढीबाट आएका एक जनामा कोरोना पुष्टि भएको छ । गत मंगलवार धनगढीदेखि बाजुरामा आएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना परीक्षणका लागि सेती प्रादेशीक अप्पताल धनगढीमा स्वाव संकलन गराएका उनि बाजुरा पुगेपछि मात्र रिपोर्ट आयो ।

रिपोर्ट पोजेटिभ आएपछि अहिले उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ भने सो हवाई जहाजमार्फत आएका अन्य शिक्षक र स्थानियलाई पनि घरमा सुरक्षित एकान्तवासमा वस्न भनिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीका अनुसार सोही जहाजमार्फत आएका स्वामीकार्तिक खापर गाउँपालिकाका अन्य ८ जनालाई घरमै आइसोलेसनमा वस्न आग्रह गरिएको बताए । हवाई जहाजमा सँगै आउँदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उनिहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन सूचीत गरिएको उनले बताए ।

४ गतेबाट विद्यालय खुलेसँगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानियको भनाई छ । हवाई र सडक यातायात खुकुलो भएपछि मानिसको आउजाउ बढेकाले यसअघि कोरोनाका संक्रमित शून्य भईसकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. दयाकृष्ण पन्तले कारोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको र स्थानिय तहले स्वावको संकलन गरेर पठाउने ब्यवस्था गरेमा आफू धनगढीमै रहेकाले आवश्यक समन्वय गर्न सकिने बताए ।

उनले स्वास्थ्य शाखालाई धनगढीबाट आएका ब्यक्तिहरुलाई सुरक्षित स्थानमा वस्नका लागि आवश्यक काम गर्न भनिएको र स्थानियलाई थप सचेत हुन आग्रह गरे । यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकायाले गाउँपालिकाले आवश्यक काम गरिरहेको कुनै जटिल अवस्था आएमा सोही अनुरुप काम गर्नुपर्ने अवस्थामा रहेको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय