देशभर आज थपिए १ हजार ३१३ जना संक्रमित, निको हुने १ हजार ४५५

काठमाडौं । शुक्रबार देशभर १ हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज १ हजार ३१३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ७० हजार ६१४ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार १ हजार ३१३ जना संक्रमित थपिएका हुन् । यसैगरी ५१ हजार ८६६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा. गौतमले बताए । यही संक्रमित मध्येबाट ४५९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको हो ।

प्रतिक्रिया