खोजखबर

खोलामा शिशुको शव भेटियो, जन्मिने बित्तिकै फ्याँकिएको हुनसक्ने आशंका

सौर्य अनलाइन २०७७ असोज ९ गते १६:०० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए । ‘शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ’, उनले भने, ‘कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।’ प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय