विश्व

शान्ति प्रक्रियामा सघाउन अफगानि राष्ट्रपतिको आग्रह

सौर्य अनलाइन २०७७ असोज ८ गते १२:४२ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका लागि सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह गरेका छन । राष्ट्रपति असरफ घानीले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

उनले अफगानिस्तानमा शान्तिका लागि एकता र प्रजातन्त्रका लागि सहयोग पुर्याउन उनले सो आग्रह गरेका हुन । राष्ट्रपति असरफ घानीले अफगानिस्तानले विगत करिब ४० वर्षदेखि शान्ति र प्रजातन्त्रका लागि पनि ठूलो संघर्ष गरेको र यहाँका जनताले पनि धेरै दुख पाएका बताए ।

राष्ट्रपति असरफ घानीले भन्नुभयो– हामी अफगानिस्तानका नागरिकले आतंकवादीहरुबाट धेरै दुख पाएका छौँ र यो आतंकवादबाट हामीलाई मुक्त गरिदिन विश्व समुदायले अहिले प्रमुख भूमिका खेल्नुपर्छ । हाल अफगानिस्तानको सरकार र त्यहाँ हिंसा गरिरहेका तालीबानीहरुका बीचमा कतारको राजधानी दोहामा शान्ति वार्ता भइरहेको छ । राष्ट्रपति असरफ घानीले वार्ता गरेर मात्र हुदैन र त्यसलाई सफल बनाउनका लागि पनि हामीलाई विश्वको सबै समुदायको सहयोग चाहिएको उनले बताए । – रासस/सिन्ह्वा

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय