सुनको मूल्य प्रतितोला एक हजार २०० ले घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।

सोमबार प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७००, बुधबार रु एक हजार २०० र आज प्रतितोला रु एक हजार २०० ले घटेको छ ।

महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० कायम भएको थियो ।

यस्तै बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० तोकिएको छ ।

प्रतिक्रिया