विश्व

एक्कासी खाली गरियो आइफिल टावर

सौर्य अनलाइन २०७७ असोज ७ गते १७:३६ मा प्रकाशित

पेरिस । फ्रान्समा रहेको आइफिल टावर बुधबार एक्कासी खाली गरिएको छ । एक व्यक्तिले ‘अल्ला हु अकबर’ भन्दै बम पठ्काउने धम्की दिएपछि बुधबार आइफिल टावर खाली गरिएको बेलायत संचारमाध्यम मिररले जनाएको छ।

आइफिल टावर खाली गरिएसँगै प्रहरीले लामो क्षेत्रमा घेराबन्दी गरेका छन्। प्रहरीले नजिकैका क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा जान भनेको छ।

अधिकारीहरुका अनुसार एक अपरिचित व्यक्तिले प्रहरीलाई फोन गरेर आफूले आइफिल टावर क्षेत्रमा बम राखेको बताएको थियो। फोनमा नै ती अपरिचितले ‘अल्लाहु अकबर’ शब्द प्रयोग गरेका थिए।

आइफिल टावर क्षेत्र पर्यटकीय गन्तव्य हो। यहाँ दैनिक दशौं हजार मानिस भ्रमण गर्न आउँछन्। बम पड्किँदा सयौं मानिसले ज्यान गुमाउने भएकाले प्रहरीले यस क्षेत्रलाई तत्काल खाली गराएको जनाएको छ।

तीन महिनाको लकडाउनपछि गत जुन महिनाबाट आइफिल टावर पर्यटकको लागि खुलाइएको थियो।हाल प्रहरीले आइफिल टावर वरपर बमको खोजी गरिरहेको छ। साथै ती संदिग्ध व्यक्तिको पनि खोजी गरिरहेको छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय