नेपाल वायुसेवाले सुरु गर्यो ९ ठाउँमा नियमित उडान सेवा

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ । नियमित उडानसेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन् । त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगंंज–जुम्ला, जुम्ला–नेपालगंज, नेपालगंज–रुकुम, नेपालगंज–बाजुरा र बाजुरा–नेपालगंजका लागि पनि उडान निर्धारण गरिएको छ ।

यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरिएको छ । उडानकालागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको छ । नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका निम्नानुसार रहेको छ ।

प्रतिक्रिया