‘हामीले नेपाली भूभाग मिचेका छैनौं’

काठमाडौं । नेपालसँग जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको चीनले दाबी गरेको छ । नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरूको सत्यतथ्य जाँच गर्न नेपाल स्वतन्त्र भएको पनि उसले जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन बनाएको समाचार सार्वजनिक भएको बेला चीनको यस्तो धारणा आएको हो ।

काठमाडौँस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद नरहेको दावी गरेको हो । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएको उल्लेख गर्दै नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको चीनले जनाएको छ ।

प्रतिक्रिया