अम्बा बेच्दै पढाइ खर्च निकाल्दै बालबालिका

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका खनियखर्कका न्यून आए भएका परिवारका बालबालिका मौसम अनुसारका फलफूल तथा जंगली फलबाट वर्ष दिनको पढाइ खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका बालबालिकाका लागि यस याममा पाक्ने अम्बा आम्दानीको राम्रो स्रोत बनेको छ । बिपी राजमार्ग छेउछाउमा मौसम अनुसारका फलफूल तथा जंगली फल बेच्ने बालबालिका लहरै देखिन्छन् ।

आफ्नो पढाई खर्चका लागि अम्बा बेच्ने गरेको गोल्नजोर गाउँपालिका–५ बाराका १४ वर्षीय अनिल नेपाली सुनाउँछन् । पाँच कक्षामा पढ्ने उनी घरको आर्थिक स्थिति कमजोर भएकाले मौसम अनुसारका फलपूmल बेचेर घरखर्च सघाउने र आफ्नो पढाइ खर्चसमेत पु¥याउने उनले सुनाए । विद्यालय समयपछि बिहानबेलुका अम्बा बेचेर चार सय रुपैयाँसम्म कमाउने उनले सुनाए । उक्त पैसा घरमा बुबाआमालाई दिने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘घरमा टन्न अम्बा फलेको छ, बुबाले टिपिदिनु हुन्छ अनि म बेच्न ल्याउँछु ।’ अम्बा बेचेरै आपूmले कापी, कलम किन्ने गरेको पनि उनले बताए । घरमा आमाबुबा खेतमा ब्यस्त भएका कारण आपूm अम्बा बेच्न आएको उनले सुनाए ।

यस्तै सोही ठाउँमा अम्बा बेच्दै गरिकी ११ वर्षीया सुस्मीता नेपाली पनि दिनमा आठ सयसम्म कमाउने बताउँछिन् । अम्बा बेचेर कापी, कलम, लुगा किन्ने उनको भनाइ छ । चार कक्षामा पढ्ने उनी विद्यालय समयपछि मौसम अनुसारको फलपूmल बेच्न घर नजिकको बिपी राजमार्ग पुग्छिन् ।

यस्तै आठ वर्षीय मनिका नेपाली पनि अम्बा बेचेर आपूmलाई पढ्ने खर्च जोहो गर्ने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘घरमा बुबाआमा खेतमा ब्यस्त भएकाले म अम्बा बेच्न आएको हुँ ।’ अम्बाबाट पढाइ खर्च हुने उनी बताउँछिन् । दुई कक्षामा पढ्दै गरेकी मनिका राजमार्गमा सवारीसाधन आउने बित्तिकै ‘अम्बा लिनुस् अम्बा’ भन्दै कराउँछिन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ बाराको बिपी राजमार्ग छेउमा अहिले अम्बा बेच्ने बालबालिका बढी देखिन्छन् । उक्त क्षेत्रका बालबालिकाहरू अम्बा, काफल, काँक्रा, जुनार, सुन्तला र नास्पाती लगायतका मौसमी फलपूmलहरू बिक्री गरेर आफ्नो पढाइ खर्च टार्ने गरेका छन् ।

प्रतिक्रिया