क्याप्टेन विजय लामाको भिडियो सन्देश, कोरोनालाई सामान्य रुपमा नलिन आग्रह

काठमाडौं । कोरोना संक्रमित नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले एक भिडियो सन्देश जारी गरेका छन् । उक्त भिडियोमा उनले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । कोरोना संक्रमण देखिएपछि स्टार अस्पतालमा उपचाररत लामाले कोरोनालाई सामान्य रुपमा नलिई उपचारमा विषेश ध्यान दिन आग्रह गरेका छन् ।

यस्तै, भिडियोमा उनले आफ्नो स्वास्थ्यमा सुधारभइरहेको र चाँडै निको हुने जनाएका छन् । कोरोना मुक्त भएपछि उनले विदेशमा रहेका नेपालीलाई फर्काउन र राष्ट्रप्रति समर्पित हुने पूतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया