डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइयो

काठमाडौं । काठमाडौँ आइपुगेका डा गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइएको छ । त्रिवि शिक्षण अस्पताल जान लागेका डा केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको एक टालीले उनको इच्छा विपरीत ट्रमा सेन्टर लगेको हो । डा केसीको समर्थनमा विमास्थल पुगेको शुुभचिन्तकहरुले उनलाई अपहरण शैलीमा ट्रमा सेन्टर पुर्याइएको बताएका छन् ।

जुम्लाबाट अनसन सुरु गरेको केसी त्रिवि शिक्षण अस्पताल परिसरमा बसेर अनशनलाई निरन्तरता दिने सोचमा थिए । प्रहरीको सहयोगमा सरकारले अपहरण गरी अस्पताल पु र्‍याएपछि भने कहाँ अनसन बस्ने भनेर निधो भएको छैन । केसीले प्रहरीलाई जबरजस्ती नगर्न आग्रह गरे पनि उनलाई धरपकडका साथ ट्रमा सेन्टर लगिएको प्रतक्षदर्शीले बताए ।

प्रतिक्रिया