कवितामा संविधान चर्चा

काठमाडौं । संविधान दिवसको अवसर पारेर रचना वाचन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट गरिएको साहित्य सन्ध्याको नियमित मासिक कार्यक्रमअन्तर्गत ४०९औँ शृंखलामा समसामयिक तथा संविधान दिवससँग सम्बन्धित रचना वाचन गरियो । सो कार्यक्रममा करिब साढे दुई दर्जन स्रष्टाले कविता, गीत, गजल वाचन गरे ।

कोरोनाका कारण सार्वजनिक रुपमा गर्न नसकिएको सन्ध्याको नियमित कार्यक्रमको प्रमुख अतिथि भैरहवाका साहित्यकार प्रा.बालकृष्ण भट्टराई रहेका थिए । त्यस्तै, प्रगतिशील लेखक संघका अध्यक्ष प्रा.डा.जीवेन्द्रदेव गिरी, धरानका साहित्यकार प्रा.डा.भीम खतिवडा, प्राज्ञ नन्दु उप्रेती, प्रलेस कोषाध्यक्ष डा.ध्रुव घिमिरे, ईश्वरीप्रसाद लामिछाने, गोपाल बराल, खेम नेपाली, साहित्यकार प्रा.डा.खेम दाहाल, सीताराम नेपाल, डा.बालचन्द्र मिश्र, वासुदेव अधिकारी र विधान आचार्य, बलिदान चलचित्रका निर्माता श्याम सापकोटा, रामदेव पाण्डेय अतिथिका रूपमा उपस्थित रहेका थिए ।

गोष्ठीमा इलामदेखि नेपालगञ्जसम्मका कविको उपस्थिति रहेको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए । उनका अनुसार बालकवि अनुश्री आचार्यको छन्द कविता वाचनबाट प्रारम्भ गरिएको गोष्ठीमा गोमा कटुवाल, गणेश मार्मिक, नन्दु उप्रेती, प्रा.डा.भीम खतिवडा, प्रकाश सिलवाल, यादव भट्टराई, रामदेव पाण्डेय, भारती न्यौपाने दाहाल, रूपक अलंकार, सरस्वती चिमोरिया, ललिता दोषी, सीताराम नेपाल, गोपाल बराल, गीता सापकोटा, डा.बालचन्द्र मिश्र, प्रा.डा.जीवेन्द्रदेव गिरी, श्याम सापकोटा, खेम नेपाली, अस्मिता गिरी, डा.खेम दाहाल, डा.भागवत आचार्य, वासुदेव अधिकारी, गोपालकुमार मैनाली, डा.ध्रुव घिमिरे, रमेश पोखरेल, राम विनय, जयन्ती स्पन्दन र प्रा.बालकृष्ण भट्टराईले आआप्mना समसामयिक कविता, गीत, गजल वाचन गरेका थिए ।

सो कार्यक्रममा वाचन गरिएका रचनामाथि टिप्पणी गर्दै प्रमुख अतिथि प्रा. भट्टरार्ईले समसामयिक तथा संविधानका विषय रहेका कविता, गीत, गजलले देशको आवाज बोलेको बताए । गोष्ठीमा बालकविताबाट सकारात्मक सन्देश सम्प्रेषण हुन सकेको जनाउँदै प्रा. भट्टराईले कोरोनाको प्रकोप झेल्दै क्वारेन्टाइनमा बस्नुपरेको पीडा र सँगसँगै यसले स्वावलम्बी बनाएको ऊर्जा र उत्साह पनि कवितामा आएको जिकिर गरे । उनले भने, ‘संविधान दिवस पनि परेकाले र संविधान उत्कृष्ट बनेको भए पनि नेतृत्व कुशल बन्न नसकेको प्रति सावधानीको अपेक्षा गरिएका, मातृत्व अपहेलित हुनुको पीडा र आक्रोश अभिव्यक्त गरिएका कविता आए । व्यंग्य र व्यञ्जनासहित काँठे भाकामा शासकीय विकृतिप्रति निकै कडा प्रहार गरिएको वर्तमान समयको जीवन्त चित्रणसहितको सुन्दर सिर्जना पनि आए ।’ उनले कतिपय रचनामा चेलीका पीडाका विलौना र अधिकारको रक्षाको आग्रह गरेको बताए । प्रा. भट्टराईले कवितामा उत्साह, आत्मविश्वास र दृढताका अभिव्यक्ति आएको बताउँदै भने, ‘समसामयिक राजनीतिक अवस्थाप्रति व्यंग्य गर्दै कोरोना र बाढीले मुलुक र जनता आक्रान्त हुँदा पनि भ्रष्टाचार ठसठसी गनाइरहेको अवस्थाको आक्रोश पनि कवितामा अभिव्यक्त भएको पाइन्छ । मान्छेका आँसुको अवमूल्यन भइरहेकोप्रति आक्रोश व्यक्त भएको छ ।’

उनले संविधानप्रदत्त हकअधिकारको प्राप्तिको अपेक्षा र देखिएका विकृतिप्रति आक्रोश अभिव्यक्त भएको र पितृको सम्मानको संस्कारको अपेक्षा र रुढी एवं अन्धविश्वास त्याग्नुपर्ने आग्रह गरेका रचनाले रुपान्तरणको अपेक्षा गरेको जिकिर गरे । उनले सामाजिक विकृतिको विरोध गरिएका गजलमा सहरलाई विम्ब बनाएर दुःखी र गरिबका पीडाको सम्बोधन नगरिएको अवस्थाका प्रतिको चिन्ता व्यक्त गरेको विचार राखे । उनले भने, ‘संविधानको सम्मान गर्दै सत्कर्म गर्न सत्तासँग आग्रह गरिएको, मानवता हराएको प्रति कवितामा चिन्ता व्यक्त गरिएको छ । माटोको माया अनि राष्ट्रियताको र वीरताको भावना कवितामा समेटिएको छ । लोकतन्त्रमा जनअपेक्षाको ख्याल गरिनुपर्ने र व्यक्तिवादको अन्त्य हुनुपर्ने भावसहित सुन्दर गीत प्रस्तुत गरिएको छ ।’

प्रा. भट्टराईले जनताका र हिजो देखाइएका सपना पूरा नभएकाले सत्ताले परिमार्जित भएर शासन गर्नुपर्ने आग्रह कवितामा गरिएको बताए । प्रकृतिको संरक्षण गरिनुपर्दछ दोहन मात्र होइन भन्ने भावना कवितामा समेटिएको बताउँदै उनले भने, ‘मृत्युको विरोध र जीवनको आह्वान, सुन्दर र आशावादी बालकविता वाचन गरिएको छ । सन्ध्याको इतिहास उजागर गर्दै जनअपेक्षा ठुकरिएको अवस्थाप्रति आक्रोशको ध्वन्यार्थ सम्प्रेषण गरिएको छ । माटो र बाटोको महत्तागान गाउँदै सत्मार्ग निर्माणको आग्रह गरिएका रचनाले मन छुन सकेको छ ।’ उनले वाचित कविताले विकृति, विसंगतिको विरोध गर्दै प्रगतिको रूपान्तरणका स्वर उरालेका हुँदा गोष्ठी उपलब्धिमूलक रहेको धारणा राखे । साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा भएको उक्त कार्यक्रममा झापादेखि, विराटनगर हुँदै सुर्खेतसम्मका स्रष्टाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रतिक्रिया