एनआइसी एसियाको अनलाइनबाटै चेक

काठमाडौ । एनआइसी एसिया बैंकले मोबाइल वा कम्प्युटरमार्फत चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने ब्यवस्था ल्याएको छ । उक्त लिंक भित्र सेवाग्राहीका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आपूmलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरण भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएसमार्फत डिपोजिट कोड पठाइनेछ । त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिनाकुनै भौचर सोझै काउन्टरमार्फत आपूmले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिने पनि बैकले जनाएको छ ।

चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचरसमेत अनलाइन प्रणालीबाट भर्ने प्रणाली ल्याइसकेको जनाएको छ । सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने डिजिटल एकाउन्ट ओपेनिङ प्रणालीको समेत सुरुआत गरिसकेको छ । मोबाइल बैंकिङ, सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबिबिए सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि आईसर्भमार्फत सेवा दिइरहेको पनि बैकले जनाएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालय, ४ सय ६७ एटिएम, १ सय ३ एक्स्टेन्सन काउन्टर एवं ६४ शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको दाबी गरेको छ ।

प्रतिक्रिया