बजाजको ‘रोजेरै खुसी’ योजना

काठमाडौं । दसैँ र तिहारको उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारासहित ‘रोजेरै खुसी’ योजना ल्याएको छ ।  कोभिड–१९ महामारीको समयमा पनि बजाजले ग्राहकमाझ खुसी बाँड्न उनीहरूको आवश्यकता अनुरूपका योजना ल्याएको हो । चाडपर्वको शुभअवसरमा बजाजले ग्राहकलाई विभिन्न तीन वटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुसीका साथ उत्सव मनाउने अवसर प्रदान गरेको छ ।

रोजेरै खुसी योजनाअन्तर्गत ग्राहकले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीन वटा अफर ल्याएको छ । अफरमा १० हजार नगद छुट, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको सुविधामध्ये कुनै एक अफर छनोट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज सोरुममा उपलब्ध रहेको बताइएको छ । योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरूप ग्राहकका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ ।

प्रतिक्रिया