खाँडाचक्रमा संचितकोष व्यवस्थापन प्रणाली कार्यान्वयन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (शुत्र)को पुर्ण रुपमा कार्यान्वयन भएको छ । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले (शुत्र)को कार्यान्वयन गर्नेमा पहिलो नगरपालिका हो । जिल्लाको सदमुकामसमेत रहेको खाँडाचक्रमा विगतका वर्ष जस्तै लथालिंग भने देखिएको छैन ।

सबै काम शुत्रबाटै हुने भएकाले अहिले सेवाग्राहीलाई सहज वातावरण भएको छ । आर्थिक वर्ष २०७६–०७७ को आलेप सम्पन्न भई पालिकाले नयाँ आर्थिक वर्ष २०७७–०७८ का सम्पुर्ण कार्य संचालनमा ल्याइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायका अनुसार जिल्लाका अन्य स्थानीय तहलेभन्दा खाँडाचक्र नगरपालिकाले पहिला स्थानीय संचितकोष व्यवस्थापन प्रणाली (शुत्र)को पुर्णरुपमा कार्यान्वयन गरेको हो ।

यसले गर्दा जुनसुकै योजनाका कार्यहरुको भुक्तानी प्रक्रिया शुत्रबाट हुने भएकाले सेवाग्राही लेनदेन र कर्मचारीहरुको लेनदेनमा पार्दशीभ एको छ । आर्थिक वर्ष २०७६–०७७का सम्पुर्ण क्रमागत योजनाहरुको अनुगमन प्रक्रियालाई अगाडि बढाई कामको प्रक्रिया हेरी भुक्तानी असार मसान्तभित्रै गरिसकेको उपाध्यायले बताए । हालसम्मका सम्पुर्ण योजनाहरु दिगो टिकाउ भएका छन् ।

संघ, प्रदेश र स्थानीय तहले दिएका कामहरुमा विगतका वर्ष जस्तै लापरबाही देखिएको छैन । खाँडाचक्र नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख पुर्णचन्द्र काफ्लेले भने केही क्रमागत योजनाहरुको काम सन्तोषजनक नभएकाले रकम अन्योलमा रहेको बताए । ‘काम सम्पन्न नहुँदा भुक्तानी दिएका छैनौँ’, काफ्ले भने ‘क्रमागत योजनाहरुको काम पुनः नियमित संचालन गर्न लगाइसकेका छौँ ।

रकम फ्रिज जान भने दिने छैनौँ, जुनसुकै योजना होस् वा कर्मचारी सबैको रकम दिँदा पहिला हातले नै चेक काट्नु पथ्र्यो, तर अहिले अनलाईन सिस्टमबाट नै कम्प्युटर प्रिन्ट चेक दिने गरेका छौँ, क्रमागत योजनाहरु बाहेक अन्य योजनाहरुको काम सम्पन्न भएकाले भुक्तानी असार मसान्तभित्रै दिइसकेका छाैँ ।’ पहिलेको खाँडाचक्रको अवस्था र अहिलेको अवस्थाबारे स्थानीय सेवाग्राहीसँग बुझ्दा आजभोली जुनसुकै कार्यका लागि नगरपालिका जाँदा सहज भएको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया