प्युठान अस्पतालमा एक सुत्केरीको मृत्यु

प्युठान । जिल्ला अस्पताल प्युठानमा एक २५ वर्षिया सुत्केरी महिलाको अत्याधिक रक्त श्रावका कारण मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी नेतृ सिंहको सुत्केरी भएपश्चात् मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ ।

उनलाई बच्चा जन्माउने ब्यथा लागेपछि आईतबार प्युठान अस्पतालमा ल्याईएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले बच्चा सकुशल जन्माएकि थिइन् ।

सोमबार बिहान करिब ७ बजेको समयमा उनको अत्याधिक रक्तश्राव भई मृत्यु भएको प्युठान अस्पतालका नर्सिङ इन्चार्ज नेहा थापाले जानकारी दिइन् । बच्चाको स्वास्थ्यमा समेत थप समस्या देखिएकाले बुटवल रिफर गरिएको उनले बताइन् ।

सुत्केरीको लागि रक्त अभाव भएको भन्दै रक्तदाताहरुले उनलाई बचाउन रगत दान गरेका थिए । सुत्केरी महिलालाई बचाउन हर प्रयास गरेपनि नसकिएको प्युठान अस्पतालले जानकारी दिएको छ । मृतक सुत्केरीको शवलाई पोष्टमार्टमको लागि प्युठान अस्पतालको शवगृहमा राखिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया