के हो बुढ्यौलीको रोग अल्जाइमर्स ?

डा. राजु पौडेल

सामान्य रूपमाभन्ने हो भने अल्जाइमर्स बुढ्यौलीसँगै स्मरणशक्ति तथा मन मस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो । स्मरणशक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमाआएर जचाएकाहरू मध्ये ६० देखि ८० प्रतिशतमा निसमाअल्जाइमर्स देखिन्छ । नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखापर्ने क्रम बढ्दो छ ।

आज सेप्टेम्बर २१ ‘मलाई सम्झ’ (रिमेम्बर मी) भन्ने नाराका साथ संसारभर विश्वअल्जाइमर्स दिवस मनाइँदै छ । अल्जाइमर्स डिजिजइन्टरनेसनलले सेप्टेम्बर महिनालाई ‘वल्डअल्जाइमर्स मन्थ’का रूपमाविविध चेतना मूलक कार्यक्रम गरी मनाउँदै छ ।नेपालको सन्दर्भमाभने यो रोगको बारेमा आमनागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरूमा पनि चेतनाअत्यन्तन्यून छ, जसकाकारण स्मरण शक्तिसँग सम्बन्धित यो समस्या केबल मानसिक रोगको रूपमा मात्र बुझिँदै आएको पाइन्छ ।

सामान्य रूपमा भन्ने हो भने अल्जाइमर्स बुढ्यौली सँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्याहो। स्मरणशक्तिसँग सम्बन्धितविभिन्न समस्याका साथमाअस्पतालमाआएर जचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशतमानिसमा अल्जाइमर्स देखिन्छ । नेपालमाभने अल्जाइमर्सका बिरामीको यकिनतथ्यांकनभएपनिबढ्दो जनचेतना र स्वास्थ्य सेवामाआएको सुधारसँगै यस रोगका बिरामीपनिदेखापर्ने क्रमबढ्दो छ ।अन्तर्राष्ट्रिय रूपमाविशेषगरी अमेरिकीतथ्यांकअनुसार मानिसहरूको मृत्युको कारकका रूपमा रहेकाप्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौँ स्थानमापर्छ ।

अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथामगर्न पनि सकिँदैन र पूर्ण रूपमानिको पार्न पनि सकिँदैन । हरेक तीनजना स्मरणशक्तिसम्बन्धी समस्याभएका ज्येष्ठनागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ । त्यसैगरी ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ ।अल्जाइमर्स रोग एउटादीर्घरोग हो, जसले मष्तिष्कमाविस्तारै क्षय गराउने गर्दछ । जसकाकारण बिरामीमा स्मरणशक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधानगर्ने क्षमता र विस्तारै बोली र भाषामापनि समस्याआउने गर्छ । बुढ्यौलीसँगै मष्तिष्कमाविभिन्न रसायनमध्ये ‘एसिटाइलकोलिन’भन्ने रसायनको कमीले स्नायुहरूमाहुने क्षतिकाकारण यो रोग लाग्ने गर्छ ।

अल्जाइमर्स रोगको मुख्यजोखिमका रूपमामानिसको बढ्दो उमेर नै रहेको छ । ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँचवर्षको अन्तरालमादुई गुणाले बढ्दै जान्छ । विभिन्नअध्ययनले देखाएअनुसार आणुवांशिकता (जेनेटिक्स) का साथसाथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमापटकपटकलागेकाचोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिमबढाइरहेकाहुन्छन् ।सुरुआतीअवस्थामा यस रोगमाबिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानकानाम बिर्संदै जाने, चिजबिजकानाम बिर्संदै जाने र तत्काल गरेकाकामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन् । त्यसपछिक्रमिक रूपमाबोली र भाषाको प्रयोगमाअसहजता महसुस हुने, पहिले सहज रूपमागरिआएकाकामगर्ने तरिकासमेत भुल्दै जाने (एप्रेक्सिया), योजनाबनाउने र निर्णय लिने क्षमतामाकमजोरी देखिँदै जाने र दैनिकजीवनका सबै पक्षमाअसहजता र अस्पष्टताबढ्दै जाने हुन्छ ।

जब रोग बढ्दै र अन्तिम अवस्थामा पुग्छ तब अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरू लाई समेत विस्तारै चिन्ननसक्ने, आफ्नो वरिपरिकागतिविधिसँगसमेत मतलबनहुने, विभिन्नमानसिक समस्याजस्तै चिन्ताको रोग (डिप्रेसन), शंकाको रोग (डिल्युजन र हेलुसिनेसन) देखिने, दिसापिसाबबारेको चेतनासमेत हराउँदै जाने हुन्छ र कपडामै दिसापिसाब छुट्नेसमेत हुन्छ।साबिकको खाने शैलीमा अस्वाभाविक बदलाव आउने हुन्छ । समय बित्दै जाँदा बिरामीले खानाखाने तरिकासमेत बिर्सने गर्दछन् । जसकाकारण बिरामीमात्रनभएर बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन् । सबैभन्दामहत्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरणशक्तितथाक्षमतामाह्रास आउने मस्तिष्ककाविभिन्नकिसिमका सर्ने र नसर्ने प्रकृतिकाअन्य रोगमा पनि यस्तै लक्षण देखिने भएकाले विशेषज्ञचिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ ।

अल्जाइमर्स यकिनका साथ पत्ता लगाउन विभिन्न किसिमका परीक्षण विधि अझै अनुसन्धानका क्रममा नै रहेका छन् । बिरामीको रगत र शरीरका अन्य पदार्थमा विभिन्न किसिमका प्रोटिनजन्य रसायनहरूको विश्लेषण गर्ने एमआरआई, स्पेक्टलगायतका विभिन्न प्रविधिको प्रयोगबाट यो रोग निरूपण गर्नका लागि थप अनुसन्धानजारी रहे पनि रोग निरूपणबारे स्पष्ट निर्देशिका बन्न भने अझै सकेको छैन ।अल्जाइमर्स रोग पूर्ण रूपमा विकसित भएपछि यसको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुआतकै अवस्थामा यसको निरूपण गर्न सकेमा केही औषधिहरूको सहायताले यस रोगको विकासको गतिलाई केहीमात्रामा कम गर्न सकिने तथ्य अनुसन्धानहरूले देखाएका छन् । यसका साथसाथै बिरामीको जीवनयापन सहजबनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी विभिन्नऔषधिहरूको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवागर्ने परिवारका सदस्य र आफन्तहरूको सहजता समेत यस रोगको महत्वपूर्ण पक्ष हो । यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा बिरामीको सेवा गर्न दिनरात बिरामीको आफन्त खटिनु पर्ने हुनाले उनीहरूमा पनि शरीरिक तथा मानसिक थकान बढ्दै जाने र त्यसको समयमै निदान नभएमा त्यो आफैँमा प्रत्युत्पादक हुने समेत खतरा रहन्छ । यसकारण समयमै अल्जाइमर्स रोगको निरूपण, चिकित्सकको संलग्नतामा बिरामीमा आउन सक्ने सम्भावित समस्या र तिनको निदानको उचित कार्य योजना बनाउनु अपरिहार्य छ । बिरामी र आफन्तलाई समेत सहजहुने गरी रोगको उपचार योजनातयारी अघि बढ्नु जरुरी देखिन्छ ।
(पौडेल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट न्यूरोलोजिस्टहुन् ।)

प्रतिक्रिया