भ्रम फैलाउने माथि कारवाहीहोस्

कोरोना महामारीमा विश्व पिल्सि रहेको छ । मंगलग्रहको यात्राकालागि प्रतिस्पर्धा गरिरहेका अमेरिका र रुसले समेत कोरोना सँग आत्मासमर्पण गरिरहेका छन् । अमेरिका विश्वकै सबै भन्दा बढी प्रभावित हो भने रुस चौथो प्रभावित हो । नेपालले कोरोना संक्रमण रोक्न सकेन भनेर सरकारलाई आरोप लगाउनु कोकुनै तुक छैन । तर संक्रमण फैलिन नदिनका लागि उच्चशर्तकता अपनाउन नसक्नु नेपाल सरकारको ठूलो कमजोरी हो । एकातिर कोरोना केही पनि होइन भन्ने भ्रम फैलाइएको छ भने अर्कोतिर कोरोनाको औषधि म सँग छ भन्दै भ्रम फैलाइएको छ । यस्तै भ्रमका कारण पनि कोरोना संक्रमणको वृद्धि दर नेपालमा विश्वकै सबैभन्दा बढी देखिएको हो । कोरोनाबाट मृत्यु हुने संख्याको वृद्धिदरमा पनि नेपालले विश्वका सबै मुलुकलाई उछिनि सकेको छ ।

कहिले नाम नसुनिएका, कहीँ नपढेका, कुनै काउन्सिलमा दर्ता नभएका व्याक्ति तथा संस्थाहरूले कोरोनाको औषधि बाँढिरहेका छन् । सपनामा भगवान्ले मलाई चिकित्साशास्त्र पढाएको भन्ने दावीसमेत गर्नेहरू देखिएका छन् । झारफुकद्वारा कोरोना निको पार्छु भन्दै पैसा बटुल्ने धन्दा पनि फष्टाएको छ । मन्दिरका ढोका बन्द गरिएकोले कोरोना संक्रमण फैलिएको भन्दै पशुपति क्षेत्र पुगेर प्रहरीसँग मुठभेड गर्नेहरूको जमातमा पढेलेखेका मान्छेहरू समेत छन् । शिक्षक तथा पत्रकारहरू समेत यो भ्रममा दौडिरहेको देखिएको छ । सुरुमा कोरोना भाइरस छैन, चीन र विश्व स्वास्थ्य संगठन मिलेर अफवाह फैलाइएको हो भन्ने प्रचार तीव्र बनाइयो । वैज्ञानिकले पुष्टिगर्दै आनुवांशिकी समेत जानकारी गराइसकेपछि अहिले भनिदैछ,‘ यो भाइरस विगतदेखि नै थियो, अहिले पत्ता लागेको मात्रै हो ।’ कोरोना संक्रमणले बलिया बांगा मर्दैनन्, दीर्घ रोगीमात्रै मर्ने हुन् भन्दै व्यापक लापरबाहीकालागि प्रोत्साहन गर्ने धन्दा फैलाइएको छ । मुटुरोगी र ६० कटेका कोरोनाको बिरामी मर्नु प्राकृतिकहो भनेर कुतर्क गर्ने हो भने त ठीकै हो । तर,कुनै दीर्घ रोग नभएका २०÷२५ वर्षका बलिया–बांगायुवाहरू पनि कोरोनाका कारण मरिरहेका छन् । क्षय रोग (टिबी) पत्ताल गाउन अपनाइने पिसिआर पद्धति नै कोरोना पत्तालगाउन अपनाइएको छ, तर पिसिआर भ्रममात्रै हो भन्ने प्रचारलाई पनि एकथरीले धन्दा बनाएका छन् ।

कोरोनाको मृत्यु भनेरलास हेर्न समेत नदिइनुको कारणमा नवअंग तस्करीका लागि हो भन्ने भ्रम तीव्र रूपमा विस्तार भएको छ । तर यति धेरै मानवअंगकहाँ लगेर राख्ने ? के का लागि प्रयोग गर्ने ?भन्ने समान्यखालका तर्क समेत कतिपयले राखेको देखिन्न । हो कि क्या हो ? भन्दै भ्रमको पछि लाग्नेहरूको भिड छ । मानवअंगकुनै चाउचाउजस्तो प्याकेटमा राखेर गोदामभित्रथन्क्याई मन लागेको वेलाप्रयोग गर्न सकिने बस्तु होइन। यसैगरी बिल गेट्सले भ्याक्सिनभनेर हरेक व्यक्तिको शरीरभित्रचिप्स फिट गरी गोप्य सूचना लिनका लागि कोरोनाको हौवा फिँजाएको हल्लामा विश्वास गर्ने नेपालीको संख्या पनि उल्लेख्य देखिएको छ । जडिबुटीबाट भ्याक्सिन बनाएको दाबीगर्नेहरू समेत सतहमा प्रकट भएका छन् ।

महामारी तथाठूला संकटमा भ्रमको खेती प्रसस्त हुन्छ । लाटोकोसेरो रातीमा सक्रिय भएजस्तै आपराधिक मनोवृत्तिका मान्छेहरू थप सक्रिय हुने यस्तै संकटका बेलामा हो । यस्तो बेलामा सरकारले आफ्नो सूचना संयन्त्रलाई दरो बनाउनु पर्छ । आपराधिक मनोवृत्तिका मान्छे चिन्ने अवसर पनि हो यो राज्यका लागि । यस्ता भ्रम तथा अफवाहको प्रचारमा संलग्नहरूलाई पक्राउ गर्दै केरकार पार्ने हो भने यसको स्रोत पत्ता लाग्छ । यस्ता बेला अवसर छोप्न खोज्ने भनेको प्रतिगामी कित्ताबाट नै हो । प्रतिगामी कित्ताका अगुवाहरूको गतिविधिमाथि राज्यले निगरानी बढाउनु जरुरी छ ।

प्रतिक्रिया