सिम्रौनगढमा भारतीय साना व्यापारीको बिगबिगी

सिम्रौनगढ । बारा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सिम्रौनगढ बजारमा भारतीयहरूको प्रवेश सुरू भएको छ । निषेधाज्ञा अवधिमा सीमा सुरक्षामा कडाइ भएका कारण लुकीछिपी आउने भारतीयहरू अहिले निषेधाज्ञा खुकुलो भएसँगै खुलेआम प्रवेश गरिरहेका छन् ।  सिम्रौनगढ बजारमा फलफूल, बरफ, सुर्ती, कपडा, कबाडको सामान, पारचुनका सामानलगायतको बिक्री गर्नेहरू बढेका छन् । उनीहरू सबै भारतीय हुन् । निषेधाज्ञामा भारतबाट आउने यस्ता व्यापारीहरू देखिन छाडेका थिए । सीमावर्ती सिम्रौनगढ बजारमा ४० जनाभन्दा बढी भारतीय व्यापारीको पसल छ । ती पसलहरू पनि अहिले खुलेका छन् ।

यसअघि, भारतीय व्यापारीहरू लुकीछिपी आउने गरेका थिए । अहिले उनीहरूको प्रवेश सहज भएको छ । सीमामा रहेका भारतीय एसएसबी र नेपाली सशस्त्र प्रहरीले उनीहरूको प्रवेश रोक्न खासै पहल गरेको देखिँदैन । अहिले व्यापारीसँगै भारतबाट सिम्रौनगढमा मदिरासेवन गर्न आउनेहरूको संख्या पनि बढेको छ । साँझपख सिम्रौनगढको सीमा क्षेत्रमा रहेका मदिराभट्टीहरूमा भारतीयहरूको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया